हेटौंडा– धरान चतरा सडक खण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका ५ मा आज बिहान दूध ट्याङ्कर दूर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।
हेटौंडाबाट छतिवनतर्फ जाँदै गरेको ना १ घ ५४४ नम्बरको दुध बोक्ने खाली ट्यांकर अनियन्त्रित भई पल्टिँदा हेटौंडा–९ का ३४ वर्षीय सिद्धान्त लामाको मृत्यु भएको हो । सडकबाट १०० मिटर तल खोल्सामा खसी दुर्घटना भएका भएको थियो । सहचालक धादिङ गजुरी गाउँपालिकाका ४५ वर्षका प्रेम अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
केही प्रतिक्रिया छ कि ?

