Search
Close this search box.

सानिमा बैंक हटौँडाद्वारा २ विद्यार्थीलाई छात्रवृत्ति

हेटौंडा– सानिमा बैंक हेटौंडा शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत विवश दहाल र भुटनदेवी माध्यमिक विद्यालयमा अध्ययनरत मनिषा कोइरालालाई बैंक हेटौंडा शाखाले माध्यमिक तहको कक्षा ११ र १२ अध्ययनको लागि छात्रवृत्ति प्रदान गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकामा स्थायी बसोबास भएका गरीब तथा जेहन्दार विद्यार्थीहरुमध्ये दुइ जना छनौट गरी २ वर्षसम्म अध्ययन गर्दा लाग्ने शुल्कका साथै शैक्षिक सामाग्री र मासिक २ हजार नगद वृत्ति सहित २ वर्षका लागि छात्रवृत्ति प्रदान गरिएको सानिमा बैंक हटौंडा शाखाका शाखा प्रवन्धक रोशन मल्लले जानकारी दिए । हटौंडा शाखाबाट प्रति विद्यार्थी नगद वृत्तिसहित पचास हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरिने मल्लले बताए ।

गत आ.व.मा यसै शाखाबाट छात्रवृत्ति पाउने २ जना विद्यार्थीहरु हाल कक्षा १२ मा अध्ययन गरिरहेका छन् । यस वर्ष छात्रवृत्ति प्राप्त गर्नका लागि सार्वजनिक गरिएको सूचनालाई आधारमानी विद्यार्थीहरुले दिएको निवेदनको आधारमा स्थानीय विज्ञ व्यक्तिहरु सम्मिलित निर्णायक समितिले अन्तर्वार्ता र अन्य विवरणहरु अध्ययन पश्चात छात्रवृत्तिका लागि छनोट गरिएको बैंकले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan