हेटाैंडा- नेपाल स्काउट पेन्गोलिन ओपन स्काउट कृयुको प्रथम दिक्षान्त समारोह एवम् दशै,तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।
पेन्गोलिन ओपन स्काउट कृयुको दल समिति अध्यक्ष एंव स्पोन्सर संस्था अस्मिता नेपालका अध्यक्ष आरती पाठककाे सभाध्यक्षता र बागमती युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । पेन्गाेलिन ओपन स्काउट क्रयुले संचालन गरेकाे युवा स्काउट कार्यक्रम अन्तर्गत प्रथम चरणकाे तालिममा सहभागी भएका ३७ जना राेभर रेन्जरहरु दिक्षित भएका छन् । सोही अवसरमा यस कृयुका दल समितिलाई पनि रोभर लिडर अशोक सारु मगरलेेेे दिक्षित गराएका थिए ।
दिक्षित रोभर रेन्जरहरुलाई ओहोदा अनुसार ब्याज,स्कार्फ प्रमुख अतिथी,कृयुका अध्यक्ष,रोभर लिडर,उपस्थित अतिथिहरुले वितरण गरेका थिए । दिक्षान्त समाराेह कार्यक्रममा दशै,तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान पनि गरिएको थियो। कार्यक्रममा नेपाल स्काउट बागमती प्रदेश सदस्य महेन्द्र राना मगर,बागमती प्रदेश सहायक अधिकृत सौरभ अधिकारी,मनहरी गा.पा.स्काउट समिती संयोजक अनन्त पौडेल,कैलाश गा.पा स्काउट समिती संयोजक दिपक गुरुङ्ग,बागमती गा.पा स्काउट समिती सदस्यता वृद्धि संयोजक राजकुमार राई,गै.स.स मकवानपुर अध्यक्ष रमिला सापकोटा,फ्रेन्डस् नेपालका अध्यक्ष किरण थापाको साथै स्काउटर किशोर श्रेष्ठ,मानसिङ्ग लामा,लक्ष्मी श्रेष्ठ,बिमल खत्री,निशा गौतम,अनिल आचार्य,सफिरा मिजार,जोन पहाडिको उपस्थिती रहेको थियो । पेन्गोलिन स्काउट कृयुको सदस्य सचिव अशोक सारु मगरले कार्यक्रममा सहजीकरण गरेका थिए ।

