हेटौंडा– चाडपर्वलाई लक्षित गर्दै हेटौंडा–२, संगमचोकमा रहेको ‘मेरो मार्ट’ ले विशेष उपहार योजना ल्याएको छ । विजय दशमी, शुभ दीपावली र छठ पर्वको अवसरमा मार्टले सबैभन्दा बढी सामान खरिद गर्ने ग्राहकलाई बम्पर उपहारस्वरुप सामान खरिद कुपन उपलब्ध गराउन लागेको हो ।
चाडपर्व विशेष अफर यही असोज १८ भइसकेकोमा कात्तिक २९ गतेसम्म सञ्चालन हुने मार्टका सञ्चालक राम बजगाईले बताए । चाडपर्व लक्षित अफर अन्तर्गत मेरो मार्टबाट सबैभन्दा बढी सामान खरिद गर्नेलाई कुपन अफरको व्यवस्था गरिएको उनले बताए ।
चाडपर्वमा धेरै कारोबार गर्ने ग्राहकलाई नगद ५ हजार रुपैयाँ, नगद ३ हजार रुपैयाँ, नगद २ हजार रुपैयाँ र ४ जना ग्राहकलाई १ हजार बराबरको खरिद कुपन प्रदान गर्ने मार्टले जनाएको छ । मार्टले दैनिक उपभोगमा आउने सबै प्रकारका खाद्यान्न र पेय पदार्थ एकै छानामुनिबाट बिक्री गर्दै आइरहेको छ ।

