हेटौंडा– विद्यार्थीहरूलाई दसैंको महत्व दर्शाउन हेटौंडा–१६ मा रहेको जनप्रिय माविले विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा शिक्षक शिक्षिकाहरूबाट विद्यार्थीलाई टीका, जमरा लगाउँदै आशिष तथा शुभकामना दिइएको थियो ।
विद्यार्थीलाई चाडवाडको समयको बिदा गर्नुअघि चाडपर्वको खुशियाली साटासाट गर्नेगरी नमुना कार्यक्रमस्वरूप दसैं विशेष कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चौलागाईले बताए । प्रधानाध्यापकको कार्यसम्पादनमार्फत् प्राप्त रकमबाट विद्यार्थीहरूलाई दक्षिणाको व्यवस्था समेत गरिएको थियो ।
कार्यक्रममा शिक्षकहरू अमृता गौतम, सीता दाहाल, लक्ष्मी कालाखेतीलगायतले विविध सजावटका सामग्रीहरू तयार गरी कार्यक्रमस्थललाई आकर्षक बनाएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशप्रसाद खतिवडा, विद्यालय व्यवस्थापन समिति सदस्य कृष्णप्रसाद पनेरू, विद्यालयका शिक्षक, कर्मचारी संलग्न कार्यक्रममा शिक्षकहरूले नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई टिकाजमरासहित बिदाइ गरेका थिए। यस्तै शिक्षकहरुलाई समेत प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापकले टकिा जमरा लगाइदिएका थिए ।

