Search
Close this search box.

सामाजिक सुरक्षा भत्ता बोकेर गाउँटोलमै पुगे राक्सिराङ अध्यक्ष

हेटौंडा– जनपक्षीय कामबाट स्थानीयको मन जितेर दोस्रो पटक पनि गाउँपालिका अध्यक्ष निर्वाचित भएका राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले दसैंको मुखमा गाउँटोलमै सामाजिक सुरक्षा भत्ता बोकेर पुगेपछि ज्येष्ठ नागरिक र गाउँबासीबाट अर्को स्याबासी बटुलेका छन् । बैंकका कर्मचारी बोकेर गाउँ टोलमै पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरिँदा स्थानीय ज्येष्ठ नागरिकले ठूलो राहत पाएका छन् ।

विकट गाउँबाट गाउँपालिका कार्यालयमा रहेको बैंकमा भत्ता लिन आउँदा लामो समय हिँड्नुपर्ने र गाडी चल्ने ठाउँबाट पनि महङ्गो भाडा तिरेर ओहोरदोहोर गर्नुपर्ने बाध्यतालाई चिर्दै गाउँपालिकाले गाउँटोलमै सामाजिक सुरक्षा भत्ता बोकेर पुगेको हो । सोमबार गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको टोली वडा नम्बर ९ को जनतालाई भत्ता बितरण गर्न पुगेको थियो । राक्सिराङ ९ नम्बर वडाको अठारे ह्याक्ती बस्ने ९१ बर्षिया बृद्ध गौरी सुनारलाई जेष्ठ नागरिक भत्ताको ३ महिना बराबरको रकम हस्तान्तरण गर्दै औपचारिक कार्यक्रम सुरुवात गरिएको थियो । वडा कार्यालयमा बैंकका कर्मचारीसहित पुगेका अध्यक्ष मल्लको टोलीले सोमबार करिब १ सय २० जना ज्येष्ठ नागरिक तथा अपाङ्गलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो ।

सामाजिक सुरक्षा भत्ता वडा कार्यलयबाटै प्राप्त गरेपछि अधिकांश बृद्धबृद्धाहरुले आउँदो दिनहरुमा पनि यसैगरी प्राप्त गर्न गाउँपालिका अध्यक्षलाई अनुरोध गरे । वडा अध्यक्ष रामकुमार बाल्पा थिङले वर्षाका कारण बाटो बिग्रिएको र घण्टौं हिडेर गाउँपालिका कार्यालयसम्म पुगेर भत्ता लिन असहज भएकाले वडाबाटै भत्ता वितरण गरिएको बताए ।

गाउँपालिकाले राक्सिराङ ४ मा रहेको एक परिवारलाई दसैं मान्नको लागि खाद्यान्न तथा नगद सहयोग गरेको छ । खाद्यान्न प्याकेजमा चामल, तेल, दाल र नुन रहेको थियो भने अध्यक्ष मल्लले नगद सहयोगसमेत गरेका थिए । अभियानकै क्रममा स्थानीइै युवाहरुलाई खेलकुदका सामाग्री समेत हस्तान्तरण गरिएको थियो । पालिकाले यस अघि वडा नम्बर ६, ७ र ८ मा असोज २५ गते नै भत्ता बितरण गरिसकेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan