Search
Close this search box.

प्रदेश प्रहरीले जित्यो चैनपुर जेसीज कप फुटबल उपाधि

हेटौंडा– जेसीआई चैनपुर प्रस्तावितको आयोजनामा मनहरीको लामिटारमा भएको फुटबल प्रतियोगिताको उपाधिका बागमती प्रदेश प्रहरी गणले जितेको छ । बुधबार भएको फाइनल खेलमा केदारेश्वर युवा क्लव रजैयालाई १–० गोलले हराउँदै प्रहरीले उपाधि जितेको हो ।

प्रहरीका लागि देवबहादुर सुनारले गरेको गोल नै खेलमा निर्णायक बन्यो । उनले दोस्रो हाफको अन्तिम १० मिनेट बाँकी रहँदा गोल गरेका हुन् । बिजेता प्रहरीले नगद ५० हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने केदारेश्वरले २५ हजार ५२५ रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ । रजैयाले सिमपानी र प्रहरीले सयपत्री एफसी सुनाचुरीलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । खेलमा प्रहरीका सुकबहादुर सार्की उत्कृष्ट गोलरक्षक, केदारेश्वरका उत्तम मोक्तान उत्कृष्ट डिफेन्डर, प्रहरीकै विशाल थिङ उत्कृष्ट मिडफिल्डर, एफसी सिमपानीका राहुल थापा मगर उत्कृष्ट फरवार्ड र प्रहरीका राजेन्द्र गुरुङ उत्कृष्ट प्रशिक्षक घोषित भए ।

विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी मनहरी गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवप्रसाद खनाल, चैनपुर जेसीज प्रस्तावितका अध्यक्ष गणेशदर्पण अधिकारी, मातृशाखा पर्सा खैरहनी जेसीजका अध्यक्ष सुरज नेपाल लगायतले पुरस्कार वितरण गरेका हुन् । असोज २३ गतेबाट सन्चालन भएको प्रतियोगितामा मकवानपुरका १६ वटा क्लवको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि खनालले प्रस्तावित शाखाले मकवानपुरको पश्चिमी क्षेत्रमा विभिन्न सामाजिक कार्य गरिरहेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरे ।

दशैं, तिहार, छठ लगायतको पर्वको शुभकामनासंगै फुटबल खेलको विकास र खेलाडीको बीचमा भातृत्वको सम्बन्ध स्थापनाको लागि फुटबल प्रतियोगिता आयोजना गरिएको जेसीजका अध्यक्ष गणेशदर्पण अधिकारीले जानकारी दिए । कार्यक्रम संयोजक प्रमोद अधिकारीको संयोजकत्वमा भएको कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष रश्मी बस्नेत, पर्सा खैरहनी जेसीजका अध्यक्ष सुरज नेपाल, रत्ननगर जेसीजका अध्यक्ष अमितकुमार गुप्ता, मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, राष्ट्रिय स्वतन्त्र पार्टी मनहरी सभापति गोविन्द सापकोटा, उपाध्यक्ष मिलन ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

प्रदेश प्रहरीले जित्यो चैनपुर जेसीज कप फुटबल उपाधि

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

प्रदेश प्रहरीले जित्यो चैनपुर जेसीज कप फुटबल उपाधि

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

प्रदेश प्रहरीले जित्यो चैनपुर जेसीज कप फुटबल उपाधि

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

प्रदेश प्रहरीले जित्यो चैनपुर जेसीज कप फुटबल उपाधि

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

प्रदेश प्रहरीले जित्यो चैनपुर जेसीज कप फुटबल उपाधि

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

प्रदेश प्रहरीले जित्यो चैनपुर जेसीज कप फुटबल उपाधि

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

प्रदेश प्रहरीले जित्यो चैनपुर जेसीज कप फुटबल उपाधि

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

प्रदेश प्रहरीले जित्यो चैनपुर जेसीज कप फुटबल उपाधि

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan