हेटाैंडा- हेटाैंडा अस्पतालकाे महिला शाैचालयकाे डस्टबिनमा सालनालसहितकाे मृत नवजात शिशु फेला परेकाे छ । अस्पतालकाे गाइनाे वार्ड नजिकै रहेकाे महिला शाैचालयकाे डस्टबिनमा शनिबार साँझ मृत शिशुकाे शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेकाे छ ।
मृतक शिशु कसले फालेको भनी पहिचान नभएको र मृतक शिशु हेर्दा तत्काल जन्माई सालनाल सहित डस्टबिनमा फालेको जस्तो देखिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान जारी रहेकाे उनले बताए ।
केही प्रतिक्रिया छ कि ?

