हेटाैंडा- पूर्वपश्चिम राजमार्गअन्तरगत हेटाैंडा-१५ राताेमाटेमा आज बिहान क्रेन पल्टिएर दूर्घटना हुँदा सहचालककाे मृत्यु भएकाे छ भने चालक घाइते भएका छन् ।
चुरियामाईबाट हेटौंडातर्फ आउँदै गरेको ना.१क ६०५५ न.को हाइड्रा क्रेन आँफै अनियन्त्रित भई सडकको छेउमा पल्टिँदा सहचालक पर्सा बीरगञ्ज महानगरपालिका ३० का १८ वर्षीय बिपिन महताेकाे मृत्यु भएकाे हाे ।
साेही वडाकाे विश्रामपुर बस्ने चालक ३० वर्षीय दशरथ पासवान सामान्य घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
केही प्रतिक्रिया छ कि ?

