Search
Close this search box.

कृष्ण आदर्शमा देउसीभैलाे

हेटाैंडा- हेटाैंडा-९ लामसुरेमा रहेकाे कृष्ण आदर्श इङ्लिस बाेर्डिङ स्कुलमा देउसीभैलाेका साथ विविध सांस्कृतिक कार्यक्रम भएकाे छ ।

विद्यार्थीहरुलाई तिहारकाे सांस्कृतिक महत्वका बारेमा ज्ञान प्रदान गर्नुका साथै शैक्षिक भ्रमणकाे लागि आर्थिक सहयाेगार्थ विद्यार्थीले बिहीबार विद्यालयमा देउसीभैलाेका साथ सांस्कृतिक कार्यक्रम गरेका हुन् । कार्यक्रमकाबीच देउसीभैलाे, तिहार र अन्य गीतमा नृत्य प्रस्तुति, भाइटीका लगाउने कार्यक्रम गरिएकाे थियाे ।

माथिल्लाे कक्षाका विद्यार्थीकाे शैक्षिक भ्रमण सहयाेगार्थ चिट्ठा उपहार कार्यक्रमकाेसमेत आयाेजना गरिएकाे थियाे । कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष एवम् प्याब्सन मकवानपुरका सचिव नवीन केसी, सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरका प्रमुखाम विष्ट, तेक्वान्दाे संघ मकवानपुर अध्यक्ष मदन श्रेष्ठलगायतकाे आतिथ्यता रहेकाे थियाे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan