हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिका–२ मा भइरहेको प्रथम वडा अध्यक्ष भिमान स्मृति फुटबल प्रतियोगितामा एफसी लामिटार र खेलकुद विकास समिति मनहरी २ फाइनलमा भिड्ने भएका छन् ।
शनिबार छैठौं दिनको पहिलो खेलमा केदारेश्वर युवा क्लब मनहरी –९ रजैया र एफसी लामिटार बिच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा कुनै पनि गोल हुन नसक्दा ट्राइब्रेकरबाट ३–१ गोलको अन्तरलले एफसी लामिटार बिजयी हुँदै फाइनलमा पुग्न सफल भएको छ । खेलमा एफसीका गोल रक्षक सौगात मोक्तान म्यान अफ द म्याच घोषित भए । यसैगरी दोस्रो खेल आयोजक खेलकुद बिकास समिति मनहरी–२ ‘ए’ र मनहरी –४ मसिने बिच भएको थियो । त्यस खेलमा २–० गोलअन्तरले आयोजक खेलकुद बिकास समिति मनहरी–२ ‘ए’ बिजयी हुँदै फाइनल प्रवेश गरेको हो । खेलमा सुन्दर लो बेष्ट प्लेयर म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिताको फाइनल खेल भोलि सोमबार हुनेछ । प्रथम वडा अध्यक्ष भिमान स्मृति कप फुटबल प्रतियोगिताको फाइनल खेल दिनको १ बजे देखि हुने आयोजकले जनाएको छ कात्तिक २० गतेदेखि सुरु भएको प्रतियोगितामा विजयीलाई ५० हजार ५५५ रुपैयाँ र उपविजेता समूहलाई २५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

