Search
Close this search box.

हेटौंडा–१७ मा स्कुटरको ठक्करबाट एकजनाको मृत्यु

हेटौंडा– आइतबार साँझ धरान चतरा सडकअन्तर्गत हेटौंडा–१७ बाबुचोकमा स्कुटरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । ठुलोदमारबाट हटिया तर्फ आउदै गरेको ना २५ प ८३५६ नं।को स्कुटरले ठक्कर दिँदा पैदलयात्री ४३ वर्षीया गोपिनी विश्वकर्माको मृत्यु भएको हो ।

स्कुटरको ठक्करबाट गम्भीर घाइतृ भई उपचारको लागि हेटौडा अस्पताल ल्याएकोमा उपचारको क्रममा गोपिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने स्कुटर र स्कुटर चालक हेटौंडा–१ का ३५ वर्षीय ईलेश श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan