Search
Close this search box.

रोट्र्याक्टको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हेटौंडा – रोट्र्याक्ट क्लब अफ मकवानपुर र रोट्र्याक्ट क्लब अफ हेटौंडाको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

स्वर्गीय सचिन मेमोरियलको सम्झनामा रोट्र्याक्ट डिस्टृक्ट ३२९२ ले देशभर रहेको रोट्र्याक्ट क्लबमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरेको रोट्र्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष राजन कटुवाले जानकारी दिए।

हेटौंडाको बुद्धचोकमा शनिबार सम्पन्न भएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको कटुवाले जानकारी दिए। कार्यक्रममा रोट्र्याक्ट क्लब अफ हेटौंडाका अध्यक्ष अमृत लामिछाने , रोटरी क्लब अफ मकवानपुरका पुर्व अध्यक्ष कविन संगामी , रोट्र्याक्ट क्लब अफ मकवानपुरका संस्थापक अध्यक्ष गणेश दर्पण अधिकारी , क्लबका पुर्व अध्यक्षहरु, सदस्यहरु लगायतको उपस्तिथि रहेको थियो।
रोट्र्याक्ट क्लब अफ हेटौंडा र मकवानपुरले विभिन्न सामाजिक कामहरु गर्दै आएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan