हेटौंडा–मकवानपुरगढी गाउँपालिका–२ धुवाडीपुलनजिक आज दिउँसो मोटरसाइकल दूर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मकवानपुर गढी २ कुर्ले पाखा बस्ने अ.बर्ष ३५ को भिमबहादुर .स्याङ्तानले चलाएको मोटरसाइकल अनियन्त्रित भई दूर्घटना हुँदा उनकी पत्नी र छोरीको घटनास्थलमै मृत्यु भएको हो भने स्याङ्तान गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा ३४ वर्षीय रुपा स्याङ्तान उनकी करिब पाँच महिनाकी छोरी छन् । सुकौराबाट कान्तिलोकपथ तर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पुल छेउबाट करिब १२ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दूर्घटनामा घाइते भीमबहादुरलाई हेटौंडा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

