Search
Close this search box.

शिक्षक हित सहकारीमा लामिछाने

हेटौंडा– शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा शिवप्रसाद लामिछाने चयन भएका छन् । शनिबार भएको १४ औं अधिवेशनबाट लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । सहकारीको उपाध्यक्षमा मोहनप्रसाद शर्मा, सचिवमा कृष्णप्रसाद पोखरेल, सहसचिवमा सुवास खनाल, कोषाध्यक्षमा गुरुप्रसाद ओझा र सहकोषाध्यक्षमा अमृता भट्ट रहेका छन् ।

कार्यसमिति सदस्यहरुमा कृष्णप्रसाद पोखरेल, लक्ष्मी अधिकारी, भरत पोखरेल, विष्णु धिताल, शालिकराम घिमिरे, सृजना कुमारी शर्मा र हिमलाल शर्मा रहेका छन् । लेखा समितिको संयोजकको जिम्मेवारी रामजीप्रसाद हुँमागाईँलाई प्रदान गरिएको छ भने सदस्यहरुमा शत्रुधन दुलाल, लक्ष्मीकुमारी रिमाललाई चयन गरिएको छ ।

सहकारीका अध्यक्ष सीताराम दहालको सभाध्यक्ष तथा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समिति महासचिव हंसबहादुर शाहीको प्रमुख आतिथ्यतामा साधारणसभा सद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा एसईई तथा कक्षा १२ को राष्ट्रिय परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी सम्मान्, उत्कृष्ट बचत, असल कारोबारी, जेष्ठ शेयर सदस्य र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan