Search
Close this search box.

कैलाशमा स्वास्थ्य स्वयमसेविकाले खेलेकाे भूमिकाकाे चर्चा

हेटाैंडा- मकवानपुरकाे कैलाश गाउँपालिकामा २० ओैँ स्वास्थ्य स्वयमसविका दिवस मनाइएकाे छ । सबै वडामा रहेका ४२ जना स्वयमसेविकालाई भेला गरी उनीहरुलाई सम्मान तथा अनुभव आदानप्रदान गरी दिवस मनाइएकाे हाे ।

कैलाश गाउँपालिकाकाे आयाेजना तथा सांग्रिला डेभलपमेन्ट एशाेसिएसनकाे सहआयाेजनामा मंगलबार कालिकाटारमा आयाेजित कार्यक्रमकाबीच स्वास्थ्य स्वयम् सेविकाले खेलेकाे भूमिकाबारे चर्चा गरिएकाे थियाे । कार्यक्रममा बाेल्दै कैलाश गाउँपालिकाका अध्यक्ष लाेकबहादुर मुक्तानले  विकट गाउँमा स्वास्थ्य स्वयमसेविकाले स्वास्थ्य सचेतना र स्वास्थ्य सेवामा खेलेकाे भूमिका अतुलनीय रहेकाे बताए । थाेरै सेवा सुविधाकाबी‍च पनि स्वयमसेविकाले उच्च मनाेबलका साथ निरन्तर काम गरेकाे भन्दै उनले प्रशंसा गरे । गाउँपालिकाले स्वास्थ्य स्वयमसेविकालाई प्राेत्साहन गर्न थप सेवा सुविधा ल्याएकाे समेत सुनाए ।

प्मुख प्रशासकीय अधिकृत विनाेद राेकाले सबै हिसाबले पिछडिएकाे पालिकामा स्वास्थ्य स्वयमसेविकाकाे भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रमकाबीच गाउँपालिकाभर क्रियाशील स्वयमसेविकामध्येबाट उत्कृष्ट भूमिका निर्वाह गर्ने ३ जनालाई नगदसहित पुरस्कृतसमेत गरिएकाे थियाे । कार्य सम्पादन मूल्यांकनकाे आधारमा वडा नम्बर १ कि अनिता थिङ प्रथम, वडा नम्बर ८ कि सुकुमाया थिङ द्धितीय र वडा नम्बर ९ कि गाेपिमाया घिसिङलाई तृतीय घाेषित गरी पुरस्कार प्रदान गरिएकाे थियाे ।

सांग्रिला डेभलपमेन्ट एशाेसिएसनका विक्रमसिं धामीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँपालिका अध्यक्ष लाेक मुक्तानकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनाेद राेका, स्वास्थ्य शाखा प्रमुख कृष्ण यादव, स्वास्थ्य कार्यालय मकवानपुरका गजेन्द्रप्रसाद यादव, सांग्रीला डेभलपमेन्ट एशाेसिएसनका धनबहादुर मुक्तान, कालिका माविकी विद्यालय नर्स विन्दा तितुङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan