हेटौंडा – हेटौंडामा लैङ्गिक हिंसा विरुद्धको१६ दिने अभियान अन्तर्गत 2 दिने कार्याशाला सम्पन्न भएको छ। मकवानपुर महिला समुहको आयोजनामा भएको प्रेषण प्रणाली सुदृढीकरण र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति सुदृढीकरण सम्बन्धि 2 दिने कार्यशाला शनिबार सम्पन्न भएको हो।
मकवानपुर महिला समुहकी अध्यक्ष कमला सुवेदीको सभाअध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सदस्य एकलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठले पीडितलाई विभिन्न किसिमले राजनीति गरेर अन्यायमा पार्न खोजिएको भन्दै आफुले त्यस्तो हुन नदिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा उपस्थितहरुले पिछडिएको र अपाङ्गता भएका मनिसहरुलाइ भत्ता दिने भन्दा पनि आत्मविश्वास, आत्मनिर्भर बनाउनु पर्ने र त्यसबाट भविष्यमा अगाडि बढ्न मदत पुने धारणा राखेका थिए।
कार्यक्रम संयोजक निशा लामाले आगामी दिनहरुमा वडा र गाउपालिकाहरु संग समन्वय गरि कार्यक्रम गर्न पाए अझै राम्रो हुने बताइन् ।

