Search
Close this search box.

जनप्रिय माविका प्रधानाध्यापकले दिए २५ थान न्यानो कपडा

जनप्रिय माविका प्रधानाध्यापक भुपेन्द्र चौलागाईंले वैवाहिक वर्षगाँठ र सुपुत्रको शुभजन्मोत्सव अवशर पारी आफू कार्यरत विद्यालयमा २५ थान न्यानो कपडा वितरण गरेका हुन् । हेटौडा उपमहानगरपालिका १६ का वडा अध्यक्ष एवम् उपमहानगरपालिका का सामाजिक विकास संयोजक रामकृष्ण कोईरालाको प्रमूख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

विशिष्ट अतिथि विव्यस सदस्य एवम् समाजसेवी कृष्णप्रसाद पनेरु र समाजसेवी महेश ढकालको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा २५ जना बालबालिकाले न्यानो कपडा प्राप्त गरेका हुन् । प्रमूख अतिथि कोईरालाले यो कार्यक्रमको खुलेर प्रशंशा गर्दैं ठूला ठूला होटलमा गएर केक काट्नू भन्दा यो अभियान आफूलाई पनि मन परेको र आफ्नो पनि विचार बदलिएको बताए ।

यसैबीच हेटैडा उपमहानगरको आयोजनामा विद्यालयबाट आत्मरक्षा तालिममा सहभागी भएका ५ जना विद्यार्थीलाई प्रमूख अतिथि कोईरालाले प्रमाणपत्र वितरणर गरेका थिए । त्यसैगरी  पूर्व प्रधानाध्यापक नमराज अर्यालले टिका लगाएका हुन् । सहायक प्रधानाध्यापक रामआशिष मण्डल  एवम् नेपाली माध्यम संयोजक नीरबहादुर खड्का र अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठले छात्राहरुलाई आगामी दिनमा यस्तै उत्साहपूर्ण कार्यमा सहभागी हुन आग्रह गरे । रोजिना धमलाको नेतृत्वमा  आफूले तालिममा सिकेको कुराको डेमो समेत गरिएको शिक्षक संप्रस पौडेलले  जानकारी दिएका हुन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan