हेटौंडा – हेटौंडा जेसीज वर्ष २०२४ को अध्यक्ष पदकालागि विकेश लाल श्रेष्ठले आफ्नो उमेद्वारी घोषणा गरेका छन् ।
हेटौंडा -१ चौकिटोल निवासी श्रेष्ठ विगत ६ वर्षदेखि जेसी अभियानमा सक्रिय रहदै आएका छन् ।
२०१८ मा हेटौंडा जेसीजको सदस्यता प्राप्त गरेका श्रेष्ठ २०१९ मा खेलकुद संयोजक , २०२० मा उपाध्यक्ष , २०२१ मा शाखा सम्पादक पदमा रहेका श्रेष्ठले २०२२ मा महासचिवको जिम्मेवारी सम्हालि सकेका छन् ।
हाल बर्ष २०२३ मा कार्यकारिणी उपाध्यक्षको जिम्मेवारीमा रहेका श्रेष्ठले एक वर्ष, एक ब्यक्ति, एक पदको सिद्धान्त अनुसार आफुले अध्यक्ष पदमा उमेद्वारी दिन लागेको बताएका छन् ।
लियो लायन्स लगायत विभिन्न संस्थाको नेतृत्व गरिसकेका श्रेष्ठ एक समाजसेवीको रुपमा समेत चिरपरिचित छन् ।
केही प्रतिक्रिया छ कि ?

