Search
Close this search box.

नवाेदयमा नवसर्जक केन्द्रित शृङ्खला

हेटाैंडा- गजल मञ्च मकवानपुरकाे २१० ओैं गजल यात्रा तथा नवसर्जक केन्द्रित शृङ्खला सम्पन्न भएकाे छ । हेटाैंडा-४ स्थित नवाेदय शिशु सदनमा शनिबार गजल वाचनका साथ गजल प्रशिक्षण भएकाे हाे ।

कार्यक्रममा मकवानपुरका गजलकार र नवाेदयका विद्यार्थीले गजल वाचन गर्नुका साथै नवाेदयमा अध्ययनरत इच्छुक विद्यार्थीलाई गजल लेखनकाे सैद्धान्तिक र प्राविधिक पक्षबारे प्रशिक्षणसमेत प्रदान गरिएकाे थियाे । गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणकाे अध्यक्षतामा भएकाे कार्यक्रममा चर्चित साहित्यकार, गीतकार तथा गजलकार पुरुषाेत्तम आचार्यले गजल लेखनबारे विद्यार्थीलाई प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा गजलकारहरु सानुबाबु खनाल, मसान उपासक, देवराज तिवारी, यश लामा, नरेन्द्रकुमार नगरकाेटी, सञ्जीत श्रेष्ठ, हरिप्रसाद पाैड्याललगायतले गजल वाचन गरेका थिए । कार्यक्रममा नवसर्जकहरु विदुषी हुमागाईं, सुविष्मा दाहाल, ओशिका सुवेदी र अग्रिम लम्सालले गजल वाचन गरेका थिए । मञ्चले हरेक महिनाकाे पहिलाे शनिबार नियमित गजल यात्राकाे आयाेजना गर्ने गरेकाे छ भने विभिन्न विद्यालयमा नवसर्जक केन्द्रित शृङ्खला सञ्चालन गर्दै गजल प्रशिक्षणका कार्यक्रमसमेत सञ्चालन गर्दै आइरहेकाे मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणले जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan