हेटौंडा । नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने विषयमा लिखित सहमति भएको छ।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
दुवै दलबीच भएको सहमतिअनुसार प्रदेश सरकार गठन, सञ्चालन तथा आवश्यक राजनीतिक समन्वयका विषयमा सहकार्य गर्ने समझदारी भएको जनाइएको छ।
सहमतिपत्रमा हस्ताक्षरपछि प्रदेश सरकारको सत्ता समीकरणमा नयाँ राजनीतिक विकास भएको छ।

केही प्रतिक्रिया छ कि ?

