हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङ्गस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
ती पुरुष नजिकैको एक होटलमा बसेका थिए। आइतबार बिहान सडकबाट केही तल उनको शव फेला परेको हो। घटनास्थल वरिपरि रगत देखिएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको तथा परिवारका सदस्य नआइपुगेकाले शव यथास्थानमै राखिएको प्रहरीले जनाएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
केही प्रतिक्रिया छ कि ?
