Search
Close this search box.

हेटौंडामा एक पुरुष मृत फेला


हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार घटनास्थल वरपर रगत देखिएपछि घटनाको प्रकृति शंकास्पद देखिएकाले अनुसन्धान तीव्र पारिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको छ।

अनुसन्धानका क्रममा मृतक मकवानपुरको साविक चित्लाङ गाविस–६, हाल थाहा नगरपालिका–१० निवासी ४१ वर्षीय आश्मान गोपाली रहेको खुलेको छ। उहाँ रामबहादुर गोपालीका छोरा हुनुहुन्छ।

प्रहरीले घटनाबारे मृतकका परिवारलाई जानकारी गराइसकेको जनाएको छ।

यसैबीच, आइतबार बिहान करिब साढे ८ बजे बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट कुकुरसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धानमा सहयोग गरिरहेको छ।

घटनाको कारण खुल्न बाँकी रहेको र सबै पक्षबाट अनुसन्धान जारी रहेको मकवानपुर प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan