Search
Close this search box.

मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु

हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका–९ कुवापानीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार अपराह्न करिब ४ः३० बजे कैलाश गाउँपालिका–९ कुवापानी निवासी करिब ४५ वर्षीय ईश्वर थिङ घरबाट करिब ५०० मिटर उत्तरतर्फ कुवापानी–मतियार भित्री सडकखण्डमा नयाँ खोलिएको सडकबाट करिब ६० मिटर तल भिरमा खसेर रुखको जरामा अड्किएको अवस्थामा मृत फेला परेका हुन्।
घटनास्थलमा पुग्दा थिङको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक कृष्ण दासको कमाण्डमा प्रहरी टोली खटिएको जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan