Search
Close this search box.

हेटौंडाबाट अनलाइन ठगीमा संलग्न ३ भारतीय र १ नेपाली पक्राउ

हेटौंडा । अनलाइन ठगीमा संलग्न रहेको आरोपमा तीन भारतीय नागरिक र एक नेपाली होटल सञ्चालक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार बिहिवार जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको संयुक्त टोलीले भारतको बिहार राज्य, पटना निवासी २७ वर्षीय इन्द्रजित सरकार, २० वर्षीय सहर्षजित सरकार, २३ वर्षीय अमनराज तथा हेटौंडा–१० बसपार्कस्थित बास्तोला होटलका सञ्चालक ३७ वर्षीय दीपक बास्तोलालाई पक्राउ गरेको हो।
प्राप्त सूचनाका आधारमा साउन ७ गते होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा टेलिग्राम, ह्वाट्सएपलगायतका एपमार्फत विभिन्न समूह बनाई नेपाली तथा भारतीय नागरिकलाई विभिन्न प्रलोभन देखाएर अनलाइनमार्फत ठगी गर्ने तथा रकमको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनामा संलग्नहरूको मोबाइल डिभाइस परीक्षणका क्रममा ठगी प्रयोजनका लागि प्रयोग भएका विभिन्न डिजिटल प्रमाण फेला परेपछि मकवानपुर जिल्ला अदालतबाट अनलाइन ठगी सम्बन्धी कसुरमा म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूले प्रयोग गरेका WhatsApp र Telegram का विभिन्न युजर आईडीमार्फत ठगिएका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सम्पर्क गर्न आग्रह गरेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan