हेटौंडामा तीन मुक्तककार सम्मानित

हेटौंडा– नेपाली मुक्तक लेखनको क्षेत्रमा योगदान गरेको भन्दै मुक्तक मञ्च मकवानपुरले सोमबार तीन जना मुक्तककारलाई सम्मान गरेको छ । मञ्चको प्रथम अधिवेशन, १४ औँ मुक्तक वाचन श्रृङ्ख्ला तथा स्रष्टा सम्मान कार्यक्रमकाबीच तीन जना मुक्तककारलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको हो ।

मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्तौलाले आफ्ना पिताको स्मृतिमा स्थापना गरेको ‘बहादुरानन्द स्मृति मुक्तक सम्मान २०८०’ पोखराका मुक्तककार दीपक समिपलाई प्रदान गरियो । समिपलाई ७ हजार ७ सय ७७ रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको हो । मुक्तक मञ्च मकवानपुरका उपाध्यक्ष किशन पौडेलद्वारा स्थापित तारा स्मृति सम्मान २०८० बाट मुक्तककार हरिकृष्ण काफ्लेलाई प्रदान गरेको छ । प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीद्वारा आफ्नो हजुरआमाको स्मृतिमा स्थापित ‘इन्दिरादेवी स्मृति मुक्तक सम्मान २०७९’ नगद ५ हजार पाँच सय ५५ रुपैयाँसहित थाहा नगरपालिकाका मुक्तककार बिर्खे अञ्जानलाई प्रदान गरियो ।

मुक्तक मञ्चलाई विभिन्न माध्यमबाट सहयोग गरेको भन्दै कार्यक्रमकैबीच पत्रकार सुजन ढकाल र प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीलाई सम्मान प्रदान गरिएको थियो । मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज मुक्तककार देवराज खरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सम्मानित श्रष्टाका ५ वटा मुक्तकका साथ मुक्तककार किशन पौडेल, अजिता ओझा, देव निर्दोष, अनुसिया खनाल, प्रविना प्रयासीसहित करिब दुई दर्जन व्यक्तिले आफ्नो मुक्तक वाचन गरेका थिए ।

यसैबीच मुक्तक मञ्च मकवानपुरको अध्यक्षमा सागर तिमल्सिना चयन भएका छन् । अधिवेशनबाट तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको हो । संस्थाको उपाध्यक्षमा मेनु तिमल्सिना, सचिवमा सुवास सजल, सहसचिवमा स्वस्तिका बाँनिया र अजर फुयाँल, कोषाध्यक्षमा मिथिला अधिकारी चयन भएका छन् । यसैगरी सदस्यमा अनु रोक्का, बैकुण्ठ लामिछाने, कमल नेपाल, देव निर्दोष र प्रयासी प्रविना चयन भएका छन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...