पारिजात स्मृति दिवसमा खुल्ला वक्तृत्वकला प्रतियाेगिता हुने


हेटौंडा – आंचल साहित्य कला पुञ्ज मकवानपुरले वैशाख ५ गते खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । पारिजात स्मृति दिवसको अवसरमा “नेपालको सामाजिक रुपान्तरणमा राजनीतिक आन्दोलनको भुमिका” विषयक खुल्ला वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गर्न लागेको आइतबार पत्रकार सम्मेलन गर्दै आंचलको साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाले जानकारी दिइन् ।

सो प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमश ; ८हजार ,६हजार ,-४ हजार र २ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिन आयोजकले जनाएको छ ।

त्यसैगरि वैशाख १५ गते शनिबारका दिन हेटौंडा पार्टी प्यालेसमा हेटौडा उपमहानगरपालिकासँग सहकार्यमा एक दिवसीय बृहत् साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने अध्यक्ष सापकोटाले जानकारी दिइन् ।

हेटौंडा उपमहानगरपालिका १० न. वडाको आर्थिक सहयोगमा हुन लागेको कार्यक्रममा विभिन्न विधाका स्रष्टा सम्मान, वहस कार्यक्रम संचालन,विद्यालय स्तरीय एकल गायन प्रतियोगिता लगायत विविध विधाका साहित्यिक प्रस्तुति कार्यक्रम हुने छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा २ हजार बढ्यो

सुनको मूल्य तोलामा २ हजार बढ्यो

आज स्थानीय बजारमा सुनको मूल्य तोलामा २ हजारले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ३६ हजार पाँच सय निर्धा...