२६ अंकको वृद्धि भयो शेयर बजार

आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा वृद्ध आएको छ ।

लगातार तेस्रो दिन पनि नेप्से सूचक बढ्दै २ हजार अंकमाथि उक्लिएको हो । मंगलबार शेयर बजार झण्डै २६ अंकले वृद्धि हुन पुगेको नेपाल स्टक एक्सचेञ्ज –नेप्से० ले जनाएको छ ।

नेप्सेका अनुसार, मंगलबार नेप्से सूचक २५ दशमलव ९३ अंकले बढ्दै २ हजार ६ शमलव २८ अंकमा उक्लिएको हो ।

शेयर बजार उकालो लागेसँगै आज कारोबारमा समेत तीव्रता आएको छ । आज ४ अर्ब ८० करोड रुपैयाँ बराबरको १ करोड १८ लाख ३८ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

अघिल्लो दुई दिन १७ अंकले नेप्से सूचक बढेको बजारमा ५ अर्ब ६४ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको थियो । योसँगै मंगलबारसम्म १० अर्ब ४४ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको जनाइएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...