चिकित्सकहरुलाई ठोस योजना बनाएर अगाडी बढ्न स्वास्थ्य मन्त्रीको निर्देशन


हेटौंडा– बागमती प्रदेशको स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले प्रदेश भित्रका विभिन्न अस्पतालका शाखा प्रमुख तथा उपप्रमुखलाई ठोस योजना बनाई काम गर्न निर्देशन दिएका छन् । बिहीबार सामाजिक विकास मन्त्रालयको सभाहलमा बागमती प्रदेश सरकार,स्वास्थ्य निर्देशनालयको आयोजनामा ‘चालु आर्थिक बर्ष २०८०/०८१ को तेश्रो त्रैमासिक अवधि सम्मको समीक्षा तथा आगामी आर्थिक वर्ष २०८१र८२ को तर्जुमा गोष्ठी कार्यक्रमको उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले आगामी आर्थिक बर्षमा स्वास्थ्यका लागी चाहिने बजेट बढाएर लैजाने र आवश्यक कार्यक्रमहरु मात्र संचालन गर्नुको साथै बजेटले नभ्याउने कार्यक्रमलाई कम गरेर अगाडी बढ्ने मन्त्री श्रेष्ठले बताए ।

अस्पतालमा आएका विरामीहरुलाई उचित उपचार सेवा दिन मेडिकल सुपरिटेन्टहरुलाई आग्रह समेत गरे । ‘कामको समयमा कुनै समस्या आए सिधै मलाई फोन गर्न सक्नुहुन्छ कुनै अफ्ठेरो मान्नु पर्दैन तर काममा कम्प्रमाईज हुनहुदैन ।’मन्त्री श्रेष्ठले भने ।अस्पतालमा आएका विरामीले भोलिपल्ट रिर्र्पोट लिन आउनुपर्ने समयको अन्त्य गर्दै तुरुन्तै रीपोर्ट लिने बातावरण बनाउन मेडिकल सुपरिटेण्टहरुलाई आग्रह गरे । सरकारले अस्पताल विरामी कै सेवा गर्न बनाएको भन्दै त्यहि अनुसारको अस्पताल मै बसेर विरामीलाई सेवा प्रवाह गर्न मन्त्री श्रेष्ठले निर्देशन दिए ।

आगामी आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयमा नयाँ कार्यक्रमहरु ल्याइने मन्त्री श्रेष्ठले उद्घोष गरे । अस्पतालमा ओपिडी टिकटमा एकरुपता नभएको भन्दै एकरुपता बनाउन आग्रह गरे । ‘विरामी मात्र लक्षित नभई संस्थालाई पनि बचाउनु पर्छ र विपन्न नागरिकलाई पनि बचाउन आवश्यक छ । कसैलाई पनि असर नपर्ने गरि काम गर्नुपर्छ ।’ मन्त्री श्रेष्ठले भने ।

स्वास्थ्य निदेशनालयका निर्देशक दिपक तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक तथा योजना मन्त्री जगन्नाथ थपलिया,मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुुलपति प्रा. डा. बिश्वराज जोशी,प्रदेशका केन्द्रिय स्वास्थ्य निकायका निर्देशकहरु,जनस्वास्थ्य कार्यलयका प्रमुख,प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्टहरु र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा २ हजार बढ्यो

सुनको मूल्य तोलामा २ हजार बढ्यो

आज स्थानीय बजारमा सुनको मूल्य तोलामा २ हजारले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ३६ हजार पाँच सय निर्धा...