कोशी प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव बहुमतले पारित

कोशी प्रदेश सभामाको शुक्रबार बसेको बैठकबाट सङ्कल्प प्रस्ताव पारित भएको छ ।

बैठकमा नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो ।

प्रदेश सभामा सभामुख अम्बरबहादुर बिष्टले सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

सभामुख बिष्टले उक्त प्रस्तावको पक्षमा ५२ सांसद रहेको र विपक्षमा ३ सांसद रहेका कारण बहुमतले प्रस्ताव पारित भएको सभालाई जानकारी गराएका हुन् ।

साथै उनले सङ्कल्प प्रस्ताव पारित भएसँगै प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको घोषणा पनि गरे ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा २ हजार बढ्यो

सुनको मूल्य तोलामा २ हजार बढ्यो

आज स्थानीय बजारमा सुनको मूल्य तोलामा २ हजारले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ३६ हजार पाँच सय निर्धा...