अवैध लागूऔषधसहित ७ जना पक्राउ

प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, सुनसरी, बाँके र पर्सा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित सात जनालाई पक्राउ गरेको हो ।

प्रहरीले झापाको मेचिनगर नगरपालिका–६ बाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ५ सय ८० मिलिग्रामसहित बिहीबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्दशान्ती गाउँपालिका–१ बस्ने २३ वर्षीय रत्न बहादुर राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी झापा कै मेचिनगर नगरपालिका–१३ चारआली ईलाम रोडस्थित हिमालयन क्याविन वाईट्स होटलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचिनगर नगरपालिका–१२ बस्ने २२ वर्षीय नेत्र बहादुर राई र अर्जुनधारा नगरपालिका–१० बस्ने २२ वर्षीय बिशाल लिम्बु रहेका छन् । उक्त होटलमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधरमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले होटलको क्याविनबाट दुवै जनालाई ५र५ सय मिलिग्राम उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी झापा कै मेचिनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हिरोइन १ ग्राम १ सय ४० मिलिग्रामसहित प्रहरीले सोही नगरपालिका–१० बस्ने २४ वर्षीय बिक्रम राजवंशीलाई बिहीबार पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ ढलान रोडबाट अवैध लागूऔषध ब्राउनसुगर ७ ग्राम ८ सय ५० मिलिग्रामसहित प्रहरीले मोरङ केराबारी गाउँपालिका–१० केराबारी बस्ने ३७ वर्षीय राजु मगरलाई बिहीबार पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटीएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को।३६ प ५९१९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक मगरलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

त्यस्तै, बाँकेको कोहलपुर नगरपालिका–१३ सिम्री बस्ने १९ वर्षीय सोम बहादुर नेपालीलाई अवैध लागूऔषध ब्राउन सुगर ७ सय ६० मिलिग्रामसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरको हो ।

यता पर्साको वीरगंज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ५ सय मिलिग्रामसहित प्रहरीले बिहीबार भारत बिहार राज्य पुर्वी चम्पारण मोतिहारी बस्ने २४ वर्षीय हैदर अलीलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक अलीलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा २ हजार बढ्यो

सुनको मूल्य तोलामा २ हजार बढ्यो

आज स्थानीय बजारमा सुनको मूल्य तोलामा २ हजारले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ३६ हजार पाँच सय निर्धा...