एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी पूरा भएको छ । शनिबारदेखि सुरु हुने उक्त बैठकको तयारी पूरा भएको शुक्रबार एमाले प्रचार विभागले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो ।

दुई दिनसम्म संचालन हुने उक्त परिषद् बैठक ललितपुरको सनराइज हलमा बस्नेछ । बैठकको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यसूची रहेको केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए ।

बैठकमा २ हजार ७३ जना महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य, र केन्द्रीय पदाधिकारी गरी २ हजार ४५४ जना सहभागी हुने पत्रकार सम्मेलनमार्फत् केन्द्रीय सदस्य आचार्यले बताए ।

उनका अनुसार, उक्त बैठकमा अध्यक्ष ओलीले राजनीतिक र महासचिव शंकर पोखरलले सांगठानिक प्रतिवेदन पेस गर्नेछन् ।

त्यस्तै, लेखा र निर्वाचन आयोगका प्रतिवेदन पनि पेस हुनेछन् । बैठकले पार्टीको समग्र कामको समीक्षा र आवश्यक निर्देशन दिने एमालेले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा २ हजार बढ्यो

सुनको मूल्य तोलामा २ हजार बढ्यो

आज स्थानीय बजारमा सुनको मूल्य तोलामा २ हजारले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ३६ हजार पाँच सय निर्धा...