आगलागीबाट एक जनाको मृत्यु

दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेको जिल्ला प्रहरीले कार्यालयले दाङले जनाएको छ ।

गए राति बोटेको गोठमा लागेको आगो फैलिएर घरसम्म पुगेको थियो । घरमा आगो लागेको थाहा पाएपछि वीरबहादुर नगद तथा अन्य सामग्री निकाल्न घरभित्र पसेका थिए । त्यही बेला आगोले जलेर मृत्यु भएको प्रहरीको भनाइ छ । आगोले वीरबहादुरको घर गोठ तथा उनका भतिजा हुकुमबहादुर बोटेको घर जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।

लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा आगो नियन्त्रमा लिइएको जनाइएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा २ हजार बढ्यो

सुनको मूल्य तोलामा २ हजार बढ्यो

आज स्थानीय बजारमा सुनको मूल्य तोलामा २ हजारले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ३६ हजार पाँच सय निर्धा...