Search
Close this search box.

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

हेटौंडा – हेटौंडा – ११ थानाभर्याङमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

शुक्रबार बेलुका १० बजेको समयमा पुर्ब पश्चिम सडक खण्डमा सर्लाहीबाट काठमाडौ तर्फ जादै गरेको ना ७ ख १६७५ नं. को यात्रुबाहक बसको ठक्करबाट नाम, ठेगाना नखुलेका अन्दाजी ३५ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बस चालक जिल्ला रौतहट चन्द्रनिगाहापुर नगरपालिका १ पौराही बस्ने ५८ वर्षीय कृष्ण बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

लास पोस्टमार्टमको लागि हेटौडा अस्पतालको शव गृहमा राखिएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan