हेटौँडा । लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बेला कारागारबाट फरार भएका मकवानपुरका एक युवकलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–७ घर भई काठमाडौंको बाफल बस्दै आएका २९ वर्षीय कविराज गोले रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गोले महोत्तरी जिल्ला कारागारमा थुनामा रहेका बेला २०८२ भदौ २४ गते फरार भएका थिए।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको विशेष टोलीले उनलाई काठमाडौं महानगरपालिका–४ बाफलबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका गोलेलाई आवश्यक कानुनी कारबाहीका लागि केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारा पठाइएको प्रहरीले जनाएको छ।
केही प्रतिक्रिया छ कि ?

