हेटाैैडा- नेपाल जेसीज अन्तर्गत ‘एरिया बी’ अध्यक्षको सम्मेलन हेटौंडामा हुने भएको छ । जेसीआई मकवानपुरगढीको आयोजनामा नेपाल ‘एरिया बी’ को अध्यक्षहरुको सम्मेलन जेठ १८ र १९ गते हेटौंडामा हुने भएको बुधबार पत्रकार सम्मेलन गर्दै मकवानपुरगढी जेसिजका अध्यक्ष विजय पुडासैनीले जानकारी दिएका छन् ।
२०२२ मा स्थापित मकवानपुरगढीले जेसीजले पहिलोपटक गर्न लागेको राष्ट्रियस्तरको कार्यक्रममा करिब १ सय २० जनाको उपस्थिति रहने पुडासैनीले जानकारी दिए। यसअघि जेसीजले राष्ट्रिय जेसीज कप फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
सम्मेलनमा करिब ५ लाख रुपैयाँ खर्च अनुमान आयोजकको छ । सम्मेलनको उद्घाटन नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति एवम् प्रदेश सांसद इन्द्रबहादुर बानियाँले गर्ने जानकारी दिइएको छ ।
नेपाल जेसिजको ‘एरिया बी’ अन्तर्गत ४१ वटा जेसीजका शाखाकाे आबद्धता रहेको छ ।
केही प्रतिक्रिया छ कि ?

