Search
Close this search box.

अवैध लागूऔषध गाँजासहित हेटौंडाबाट एक जना पक्राउ

हेटौंडा –१५ रातोमाटेबाट प्रहरीले करिब १२ किलोग्राम अवैध लागूऔषध गाँजासहित गएराति एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्लाको मनहरी गाउँपालिका–२ बस्ने ३० वर्षीय दिनेश गोङबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.३२ प २५९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त परिमाणको गाँजवासहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan