हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानको घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ । मकवानपुरगढी गाउँपालिका – ३ धमिलेस्थित रहेको अध्यक्ष स्याङतानको घरमा मंगलबार दिउँसोको आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार,दिउँसो १२ बजेको समयमा स्याङताङको काठले बनेको र टिनको छानो भएको २ तले कच्चि घरमा अचानक आगलागी भएको थियो ।उक्त आगलागिबाट घर भित्र रहेको २५ मुरी धान,१५ मुरी कोदो ,१० मुरी मकैं,लत्ता कपडा अन्य समान क्षति भएको प्रहरीले जनाएको छ।
घरमा लागेको आगो प्रहरी, स्थानीय र हेटौंडा उपमहानगरपालिकाको दमकलको सहयोगमा १:५० मा नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट मानविय तथा चौपाया क्षति नभएको जानकारी दिइएको छ।
केही प्रतिक्रिया छ कि ?

