Search
Close this search box.

मकवानपुरको राक्सिराङमा चट्याङ लागेर एकजनाको मृत्यु


हेटौंडा । मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–२ थुम्की बस्ने ४५ वर्षिय बिर बहादुर प्रजाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार सोमबार बिहान घरमै सुतिरहेको अवस्थामा प्रजालाई चट्याङ लागेको हो ।चट्याङ लागि घाइते भएका प्रजाको उपचारको लागि हेटौडा अस्पताल ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको जानकारी दिइएको छ। प्रजाको शव हेटौंडा अस्पतालमै रहेको छ । 

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan