Search
Close this search box.

जंगली च्याउ खाएर भीमफेदीका एकै परिवारका ७ जना बिरामी

मकवानपुर – मकवानपुरमा जंगली च्याउ खाएर बुधबार एकै परिवारका ७ जना बिरामी भएका छन् । मकवानपुरको भिमफेदी गाउँपालिका – ६ उर्लाघारीमा विषालु च्याउ खाएर ७ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार, मकवानपुर भिमफेदी गाउँपालिका – ६ उर्लाघारी बस्ने ६५ वर्षीया मगंली मायाँ स्याङतान, ३२ वर्षीया बुद्धि बहादुर स्याङतान ,३०वर्षीया पासाङ मायाँ स्याङतान, ७ वर्षीय लासाङ स्याङतान, १९ कि लक्ष्मी मायाँ स्याङतान, १५ वर्षीया पार्वती स्याङतान र ७ वर्षीया आरती स्याङतान बिरामी परेका छन् ।बिरामी परेका मध्ये ७ वर्षीय लासाङ स्याङतान गम्भीर बिरामी रहेको प्रहरीले जनाएको छ।

मगंली मायाँ स्याङतान र लक्ष्मी मायाँ स्याङतानको हेटौंडा अस्पतालमै उपचार भई रहेको बाँकी ५ जनालाई थप उपचारको लागी भरतपुर सरकारी अस्पताल पठाइएको जनाएको छ।

मकवानपुरमा जंगली च्याउ खाएर कतिले ज्यान गुमाएका छन् भने दर्जन भन्दा बढी बिरामी परिसकेका छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan