हेटौँडा – हेटौंडामा भारी वर्षाका कारण केहि घरहरु डुवानमा परेका छन् । शनिबार विहानदेखी परेको पानीका कारण शान्तिनगर,सिचाईटोल, पिप्ले, कर्रा क्षेत्रका करिब ३० घर भन्दा बढी डुवानमा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
हेटौँडा – ५ को सिचाईटोल, पिप्ले, शान्तिनगर, हेटौँडा-४ को कर्रा क्षेत्रमा बस्तीहरु डुवानमा परेको र नेपाल प्रहरीको उपस्थितीमा उद्दार कार्य भइरहेको जनाएको छ ।
अविरल वर्षाका कारण मकवानपुरको विभिन्न सडक सञ्जालहरु अवरुद्ध भएका छन् । हेटौँडाबाट काठमाडौं जोड्ने कान्तिलोक पथ, भीमफेदी—कुलेखानी सडक, सिस्नेरी दक्षिणकाली सडकहरु पहिरोका कारण अवरुद्ध रहेको छ। हेटौँडाबाट त्रिभुवन राजपथ भने सञ्चालन भईरहेको प्रहरीले जनाएको छ।
केही प्रतिक्रिया छ कि ?

