मनहरीमा बाली क्षति भएका कृषकले पाए राहत

हेटौंडा– मनहरी गाउँपालिका वडा नं ३ का बाली क्षति भएका २१ कृषकहरुले गाउँपालिकाबाट राहत प्राप्त गरेका छन् । मंगलबार वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी बाली क्षति भएका २१ जना कृषकहरुलाई राहत वितरण गरेको हो । चालु आर्थिक् वर्ष २०८०र०८१ मा वडाको सिलिङ बजेटमा नै बाली क्षति भएका कृषकहरुका लागि राहतको व्यवस्था गरिएको वडाअध्यक्ष अनन्तप्रकाश अर्यालले जानकारी दिए ।

तरकारी पकेट क्षेत्रको रुपमा रहेका हाँडीखोलाका कृषकहरुले चैत वैशाखमा लगाएको तरकारी विपद्का कारण क्षति हुने गरेको छ । कृषकहरुले दुःख गरेर लगाएको बालीनाली विपद्का कारण क्षति हुने भएकाले उनीहरुको मिहिनेतलाई थोरै भए पनि राहत मिलोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको वडाअध्यक्ष अर्यालले बताए । कृषकहरुलाई जनही १०र१० हजारका दरले राहत वितरण गरिएको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

समाज रुपान्तरणमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण : कुमारी मोक्तान

समाज रुपान्तरणमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण : कुमारी मोक्तान

मकवानपुर - नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री कुमारी मोक्तानले समाज रुपान्तरणका लागि सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण हुने बताइन् । शनिवार हे...