हेटौंडा – मकवानपुरको मकवानपुरगढीमा बिजुलीको पोलमा करेन्ट लागि एक पुरुषको मृत्यु भएको छ।
मकवानपुर मकवानपुरगढी गाउँपालिका-८ ईपाखहरे स्थित राम बहादुर घिसिङको बारीमा बस्ने स्थानीय ३७ वर्षीय दिक्पाल स्याङ्तान बिजुलीको पोलमा करेन्ट लागि मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार १८:३० बजेको समयमा
स्याङ्तान बिजुलीको पोलमा करेन्ट लागि मृत्यु भएको हो।
ईलाका प्रहरी कार्यालय भिमफेदीबाट नजिक पर्ने भएकोले थप अनुसन्धान तथा घटनास्थल मुचुल्काको लागी प्रहरी निरीक्षक टोली खटी गएको र लास पोस्टमार्टमको लागी हेटौडा अस्पताल ल्याइएको जानकारी दिइएको छ।
केही प्रतिक्रिया छ कि ?