Search
Close this search box.

विश्व जनसंख्या दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम


हेटौंडा – विश्व जनसंख्या दिवसको अवसरमा हेटौंडामा स्वास्थ्यकर्मीहरु बीच अन्तरक्रिया कार्यक्रम भएको छ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयको आयोजनामा प्रदेशको १३ वटै जिल्लाका स्वास्थ्यकर्मीहरु बीच प्रदेशको जनसंख्या बारे अन्तरक्रिया कार्यक्रम भएको हो।

कार्यक्रममा प्रदेश स्वास्थ्य अधिकृत हरि प्रसाद भुसालले बागमती प्रदेशको जनसंख्या सम्बन्धि आफ्नो प्रस्तुत गरेका थिए । प्रदेश जनसंख्या नीति मस्यौदा बारे प्रस्तुत गर्दै भुसालले प्रदेश जनसंख्या नीति २०८१ को खाका समेत प्रस्तुत गरेका थिए।

स्वास्थ्य निर्देशनालय शाखा प्रमुख एवं जनस्वास्थ्य प्रशाशक सन्जु रायको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालय हेटौंडा नर्सिङ प्रशासक सजता राय,प्रदेश स्वास्थ्य अधिकृत हरि प्रसाद भुसाल,स्वास्थ्य निर्देशनालयका प्रविण अन्सारीलगायत प्रदेशको १३ वटै जिल्लाको स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan