हेटाैंडा- आफूहरुले काम गरेकाे भुक्तानी नपाएकाे भन्दै निर्माण व्यवसायीले शुक्रबार सडक डिभिजन कार्यालय हेटाैंडामा तालाबन्दी गरेका छन् । निर्माण व्यवसायी संघ मकवानपुरकाे नेतृत्वमा पुगेका व्यवसायीले तालाबन्दी गरेका हुन् ।
संघका अध्यक्ष बालगोपाल कंडेलको नेतृत्वमा करिव २० जनाले ब्यानर सहित कार्यालयकाे मुल ढाेकामा ताला लगाएका हुन् ।
अध्यक्ष कडेलले धर्ना कार्यक्रममा बाेल्दै यसरी कार्यालयमा आएर धर्ना बस्नु र ताला लगाउनु रहर नभइ बाध्यता भएको बताउँदै आफ्नाे घरखेत बैंकमा राखेर लगानी गरी निर्माण गरेका काम सम्पन्न भईसकेपछि पनि भुक्तानी नभएको बताए ।
निर्माण व्यवसायीलाइ राज्यले पिडामा पारेकाे भन्दै याे भन्दा पनि सशक्त रुपमा सडकमै आन्दाेलनमा उत्रन समेत पछि नपर्ने भन्दै आक्रोश पोखेका थिए।
सडक विभागबाट धेरै रकम भुक्तानी हुन बाँकी भएकाेले पहिलो चरणमा सडक डिभिजन कार्यालयमा ताला लगाईएकाे उनले बताए ।
करिब २० कराेड र स्थानिय तहहरुबाट १५ कराेडसम्म भुक्तानी हुन बाँकी र पुलमा १२ कराेड, बाटाेमा १५ कराेड र जिल्लाभरमा करिव ५० कराेड रकम उठ्न बाँकी रहेकाे उनले बताए ।

