Search
Close this search box.

मकवानपुरको थाहामा विद्युत सट भई आगलागी हुँदा घर जलेर नष्ट


हेटौंडा – मकवानपुरमा बिद्युत लाईन सट भई आगलागी हुँदा घर जलेर नष्ट भएको छ।जिल्लाको मकवानपुर थाहा नगरपालिका -४ जुरेथुम बस्ने ६८ वर्षीय ज्ञान बहादुर बलको ढुङगा माटो जस्ता पाताले बनेको २ तले कच्ची घरमा बिजुलीको तार सट भइ आगलागी हुँदा घर जलेर नष्ट भएको प्रहरी जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो आगलागीबाट घर पुर्ण रुपमा क्षति भइ घरमा भएको चामल ५ बोरा, मकै २ मुरी, काठ, जस्ता पाता र लत्ता, कपडा जलेर नष्ट भएको हो।

उक्त घरमा घर भडा लिई किराना पसल व्याबसाय गर्दै आएका मकवानपुर थाहा नगरपालिका – ४ फापरबारी बस्ने ब २८ वर्षीय राम बहादुर गोलेको किराना पसलमा भएको चाउचाऊ, बिष्कुट, कुरमुरे लगायतका सर सामान जलेर नष्ट भएको थियो।

आगलागीबाट मानवीय तथा चौपाया क्षति भने भएको छैन। आगो प्रहरी र स्थानीय नगरपालिकाको टोलीले पुर्ण रुपमा नियन्त्रणमा लिएको जानकारी दिइएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan