Search
Close this search box.

फास्टट्रयाककाे सुरुङमा काम गर्ने क्रममा ढुंगाले लाग्दा एक जनाकाे मृत्यु

मकवानपुर – मकवानपुरमा सुरुङ भित्र काम गर्ने क्रममा ढुङ्गाले लागी एकजनाको मृत्यु भएको छभने एक जना गम्भीर घाइते भएका छन् ।

मकवानपुरको बकैया गाउँपालिका-१२ चालिसे डाँडा स्थित फास्ट्याकको सुरुङमार्ग भित्र काम गर्ने क्रममा ढुङ्गाले लागी मृत्यु तथा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


प्रहरीका अनुसार,बुधबार साढे ३ बजेको समयमा सुरुङमार्ग भित्र काम गर्ने क्रममा ढुङ्गाले लागी जिल्ला बारा निजगढ घर भई हाल १२ सुरुङमार्गमा काम गरी बस्ने २८ वर्षीय बिमल थिङ घटनास्थल मृत्यु भएको हो।
निजसँगै काम गर्ने तनहुँ घर भई सुरुङमा काम गरी बस्ने २८ वर्षीय राजु बि.क. ढाडँ र कम्मरमा चोट अबस्था गम्भिर रहेको उपचारको लागी हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan