हेटौंडा – अविरल बर्षा पछि गएको पहिरोको कारण मकवानपुरको केही स्थानमा बाटो अवरोध भएको छ। शनिबार दिउँसो देखि परेको अविरल वर्षाको कारण आइतबार बिहान १२:४५ को समयमा कान्तिकोकपथ सडक र भैंसे भिमफेदि काठमाण्डौको बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार मकवानपुर भिमफेदि गाउँपालिका- ८ कालोपहिरो, बकैया गाउँपालिका – १२ मानेघुम्ती, ठिंगनबजार, चौताराभिर, बकैया – ११ आहालेगाँउ, खोरभन्ज्याङ स्थित कान्तीलोकपथ सडकखण्डमा अविरल बर्षाको कारण सडकमा माथिबाट पहिरो आई बाटो पुर्णरुपमा अवरोध भएको हो।
त्यसैगरी मकवानपुरको भिमफेदि गाउँपालिका – ४ रातोमाटे स्थित भैंसे भिमफेदि काठमाण्डौ सडक खण्डमा अविरल बर्षाको कारण माथिबाट पहिरो आई बाटो पुर्णरुपमा अवरोध भएको केहि केहि।
उक्त दुबै स्थानमा बाटो खुलाउन सडक विभाग सँग समन्वय भईरहेको र पहिरो पन्छाउन अन्दाजी २ घण्टा लाग्ने जानकारी दिइएको छ।

