Search
Close this search box.

२५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

हेटौंडा – प्रहरीले लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। शनिबार  हेटौंडा- १५ स्थित रातोमाटे चेकपोष्ट स्थित सडकमा  २५ किलो ५०० ग्राम लागूऔषध गाँजासहित १ जनालाई पक्राउ  गरेको हो।


पक्राउ पर्नेमा देश भारत बुंदेल टोली माधव मालसलामी पटना सिटी पटना बस्ने बर्ष २० को आदित्य कुमारलाई रहेको प्रहरीले जनाएको छ।
 जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार  हेटौडाबाट पथलैयातर्फ जादैं गरेको बिआर ०१ बिजे ८४८३ नं. को भारतिय सेन्ट्रो ह्वाइट कारलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त कार तथा चालक आदित्य कुमार   समेतलाई  खानतलासी गर्दा सो कारको विभिन्न  भागमा फल्स बटन बनाई लुकाई छिपाई गरी ल्याईएको अवस्थामा लागूऔषध गांजा २५ किलो ५०० ग्राम फेला
परेको हो।
उक्त लागुऔषध,कार र निज आदित्य कुमारलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जानकारी दिइएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan