Search
Close this search box.

हेटाैंडा-७ लाई बालमैत्री घाेषणा गरिँदै


हेटाैंडा- हेटौंडा उपमहानगरपालिका ७ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । मंगलबार वडा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि  वडाध्यक्ष दामोदर गौतमले १ गते शनिवार  बालमैत्री वडा घोषणा कार्यक्रम गरिने जानकारी दिएका हुन् ।

वडाध्यक्ष गौतमका अनुसार नेपाल सरकारले तोकेका ५१ वटा सूचकहरू पूरा गर्नुपर्ने थियो। यी सूचकहरूमध्ये ४६ वटा सूचक पूरा भएका छन् भने बाँकी ५ वटा सूचक आवश्यक न्यूनतम मात्रामा पूरा भएका छन्।बालमैत्री स्थानीय शासनका लागि आवश्यक सबै मापदण्डहरू पूरा गरेको गौतमले जानकारी दिए । बालमैत्री स्थानीय शासन घोषणाका लागि वडाले पाँच प्रमुख क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको उनले जानकारी  दिए।

बालमैत्री वडा घोषणापछि पनि दिगोपनाका लागि निरन्तर काम गर्ने वडाध्यक्ष गौतमले  प्रतिबद्धता जनाए।

वडा कार्यालयको प्राङ्गणबाट प्रभातफेरीसहित वडा परिक्रमा गरी नवज्योती विद्यालय,नागश्वतीको खेलमैदानमा  पुगी बालमैत्री घाेषणा गर्ने कार्यक्रम तय गरिएकाे छ ।

यसअघि हेटौंडा–८ र हेटौंडा–२ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषित भइसकेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan